एनसेलको नयाँ अल टाइम डेटा प्याक, नन्स्टप यूट्युब डेटा प्याकको भोलुम पनि बढ्यो

लोकपथ
35
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफरअन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबीअल टाइम डेटा ग्राहकले करसहित मात्र एक सय २५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यस्तै, नन्स्टप यूट्युब प्याकअन्तर्गत ग्राहकले कर सहित मात्र एक सय ४७ रुपैयाँमा सात दिनको समयसिमा रहेको ४ जीबीअल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबीअल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

यी प्याकहरु मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबीअल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै, ग्राहकले नन् स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबीअल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

डेटा प्याकअन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दे कुनैपनि समय सम्पर्कमा रहि रहन मद्धत गर्ने विश्वास एनसेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?