चितवन : मुग्लिन–नारायणगढ सडकखण्डको चार किलो भन्ने स्थानमा पहाड नै भासिएर पहिरिँदा सडक अावागमन अवरूद्द भएको छ।
पहिरो निकै ठूलो रहेकाले तत्काल सडक नखुल्ने मुग्लिङ प्रहरीले जानकारी दिएको छ । बिहान ६ बजे सडकमा पहाड पहिरिएको हो ।
सडक खुलाउन डोजर र एक्साभेटर लैजाने तयारी भर्इरहेको छ ।
करिब ४ लेनमा विस्तार गरि अघिल्लो सातामात्रै यो सडक पूर्ण सञ्चालनमा अाएको थियो । तर, पहिरो नियन्त्रण र सडक सुरक्षामा ध्यान नदिँदा पहिरोले दैनिक सडक अवरोध हुने र दुर्घटना हुने समस्या देखिएको छ ।
हिजो (मंगलबार) मात्रै पनि ठूलो पहिरो खसेपछि ११ घण्टा लगाएर पहिरो पन्छार्इ सडक खुला गरिएको थियो । निरन्तरको मनसुनी बर्षाका कारण यो पहाड खोतलेर फराकिलो बनार्इएको यो सडकमा बारम्बार माथिबाट पहिरो खसिरहेको छ ।
यो पनि :
हिरो खसिरहने नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै पाइने
एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया