काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।
यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ अथवा सीधै www.sprite.com.np मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।
सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ ।
यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् ।
ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ । थप नियम र शर्तहरु सम्बन्धि विस्तृत विवरण स्प्राइटको आधिकारिक वेवसाइटबाट जानकारी लिन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया