रसिया। २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज ४ वटा खेलहरु हुँदैछ ।
समूह चरणको अन्तिम खेल सकिने क्रममा रहँदा प्रतियोगितामा रोमाञ्चक पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको हो ।
आज राति हुने समूह ‘एफ’ को खेलमा दक्षिण कोरियाले पूर्व विश्व विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।
यि दुई टिमविचको खेल काजान स्टेडियममा नेपाली समय अनुसार ७ः४५ बजेपछि सुरु हुँदैछ । एक खेलमा जित र एकमा हार व्यर्होरेको जर्मनीले ३ अंक मात्र जोडेको छ । दुवै खेलमा पराजित भएको दक्षिण कारिया भने अंक विहिन छ । आजको खेलमा कोरियालाई दबावमा राख्ने जर्मनीको मनोस्थिती रहेको छ ।
त्यस्तै, आजैराती हुने अर्को खेलमा मेक्सिकोले स्विडेनको सामना गर्दैछ । दुई खेलमा जित हात पारिसकेको मेक्सिको ६ अंकका साथ पहिलो स्थानमा छ भने स्विडेनको ३ अंक छ ।
आजै राति हुने समूह ‘इ’ को खेलमा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टारिका आमने—सामने हुँदैछन् । दुवै खेल आजराति ११ः४५ बजे सुरु हुनेछन् । कोस्टारिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल र स्वीट्जरल्यान्डविच प्रतिस्पर्धा हुँदैछ ।
शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया