काठमाडाैं : गृहमन्त्री रामबहादुर 'बादल' ले नेपालमा लामो समयदेखि भर्इरहेको सुन तस्करी र पछिल्ला प्रकरणहरूमा उच्चपदस्थ राजनीतिज्ञ एवं अधिकारीहरू समातिन सक्ने बताएका छन् ।
बुधबार व्यवस्थापिका संसदमा बोल्दै थापाले उच्चतहका व्यक्तिहरूमाथि अहिले अनुसन्धान भर्इरहेको जानकारी गराएका छन् ।
सुन तस्करी प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबीन समितिको अवधि अझै बाँकी रहेकाले उच्चपदस्थहरू अनुसन्धानको घेरामा अाउने बताएका हुन् । हाल अनुसन्धान जारी रहेकाले भविष्यमा उच्चतहका 'पात्र' हरू समातिन सक्ने बादलले संसदलार्इ जानकारी गराएका छन् ।
नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतहरू, व्यापारी एवं राजनीतिक कार्यकर्ता समेत समातिएको तथा व्यक्तिहत्यासम्म पुगेको पछिल्लो साढे ३३ किलो सुन प्रकरणबारे अनुसन्धान समितिले बुधबार नै प्रधानमन्त्री के.पी. शर्मा अोलीलार्इ पनि ब्रिफिङ गरेको छ । प्रधानमन्त्रीले तस्करीमा संलग्न जो कोहीमाथि अनुसन्धान गरी कानूनको दायरामा ल्याउन निर्देशन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया