लमजुङ : दोर्दी गाउँपालिका-२, अर्चलेका १९ बर्षीय हरि कुंवरको विष सेवनबाट मृत्यु भएको छ ।
भोटेअोडारमा बस्दै अाएका कुंवरले बुधबार बेलुकी विष सेवन गरेको प्रहरीले जानकारी दिएको छ।
विष सेवन गरेपछि छट्पटाएका कुंवरलार्इ उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेंशीसहर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि सामुदायिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया