काठमाडाैं : अत्याधिक मात्रामा अावेदन परेपछि ८०.२८% नाडेप लघुवित्त संस्थाले निष्काशन गरेको साधारण शेयर (अार्इपीअो) नपाउने भएका छन् ।
नाडेपले असार १० गतेदेखि ४ लाख ३२ हजार कित्ता अार्इपीअो निष्काशन गरेको थियो । अावेदनको अन्तिम दिन अर्थात बुधबारसम्म २ लाख १९ हजार अावेदकले १ करोड ३ लाख २० हजार ७ सय ६० कित्ता शेयर माग गरेका छन् । तर, ४३ हजार २ सय अावेदकले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी १ लाख ७५ हजार ९ सय १० अावेदकले शेयर पाउने छैनन् ।
बिक्री प्रबन्धक नबिल र्इन्भेष्टमेन्टका एण्ड बैंकिङका अनुसार कूल अावेदन संख्याको १९.७२ प्रतिशत अावेदकले मात्र शेयर दिन सकिनेछ । अन्तिम दिन बुधबारसम्म नाडेपको अार्इपीअोमा १ अर्ब ३ करोड २० लाख ७६ हजार रूपैयाँ बराबरको अावेदन परेको छ ।
नाडेपले ४ करोड ८० लाख रूपैयाँबराबरको ४ लाख ८० हजार कित्ता अार्इपीअो निष्काशन गरेको थियो । कूल शेयरसंख्यामध्ये ४ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो । बाँकी शेयर सामूहिक लगानी कोष र लघुवित्तका कर्मचारीलार्इ छुट्याएको छ ।
शेयर जारी गरेपछि नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ पुग्नेछ ।
प्रविधीको भरपुर प्रयोग :
नाडेपको शेयर अावेदन गर्दा नेपाली लगानीकर्ताहरूले प्रविधीको भरपूर गरेका छन् । बैंक तथा वित्तीय संस्थामा नगर्इकन घरैमा बसी र्इन्टरनेटको सहायताले मेरो शेयरबाट अार्इपीअोमा अावेदन दिने अावेदक अत्याधिक पार्इएको छ । कूल अावेदकको ४६ प्रतिशतले मेरो शेयरबाट अार्इपीअोमा अावेदन दिएका छन् ।
मेरो शेयरमार्फत १ लाख ११ हजार ८६३ अावेदकले ४७ लाख ९६ हजार ९ सय ४० कित्ताका अावेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार सार्वजनिक निष्काशनक्रममा मेरो शेयरबाट सवै कित्तामा अावेदन परे निष्काशन बन्द भएको एकदिनभित्रै शेयर बाँडफाँट गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया