पल शाह प्रकरणमा भट्टराईले भने, ‘न्याय प्रभावित नहोस्’

लोकपथ
329
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । पल शाह प्रकरणबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उक्त उनले उक्त कुरा भनेका हुन् ।

भट्टराईले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको समेत बताएका छन् ।

पल शाह प्रकरण सुरु भएदेखि नै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न किसिमका टिप्पणीहरु आइरहेका छन् । कलाकारदेखि नेता र सर्वसाधारणले यस विषयमा आफ्ना विचारहरु राखिरहेका छन् ।

यसैबीच अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले न्यायिक फैसलाको सम्मान गर्न सबैलाई आग्रह गरेका हुन् ।

यतिबेला एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?