नेपालमा ५ रेक्टरको भूकम्पीय झड्का, केन्द्रबिन्दु धादिङ

काठमाडाैं : धादिङ केन्द्रबिन्दु भर्इ बिहिबार विहान ९ बजेटर ५२ मिनेटमा नेपालमा ५ रेक्टरस्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर दिएको जानकारीअनुसार भूकम्पको धकेन्द्र धादिङको सुनाैलाबजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम अारूघाट नजिक रहेको छ । 

भूकम्पको झड्का काठमाडाैंलगायत नुवाकोट, रसुवा, चितवन  र गोर्खामा समेत महशुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?