काठमाडौं : म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविधुत अायोजना बनार्इरहेको घलेम्दी हाइड्रोपावर कम्पनीले अायाेजना प्रभावित स्थानीयका लागि असार २२ गतेदेखि ५ लाख ५० हजार कित्ता साधारण शेयर (अार्इपीअो) खुल्ला गर्ने भएको छ ।
प्रतिकित्ता सय रूपैयाँका दरले स्थानीयले न्युनतम ५० कित्तादेखि अधिकतम २७ सय ५० कित्ता शेयर भर्न पाउने कम्पनीले जनाएको छ । यो अार्इपीअो खरिदका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्थानीयले मात्र अावेदन दिन पाउनेछन् ।
साउन ४ गतेसम्म अायोजना प्रभावित स्थानीयले शेयर अावदेन दिन सक्नेछन् । अावश्यक मात्रामा शेयर खरिदका लागि अावेदन नपरेमा साउन २० गतेसम्म विक्री अवधि लम्व्याउने बिक्री प्रबन्धक भिबोर क्यापीटलले जानकारी दिएको छ ।
यो अायोजनाले पहिलो चरणमा ५५ करोड रूपैयाँको १० प्रतिशत हुन अाउने शेयर स्थानीयलार्इ बेच्न लागेको हो । यसलगत्तै सर्वसाधारण र कम्पनीका कर्मचारीलार्इ २० प्रतिशत अार्इपीअो विक्री गर्ने कम्पनीले जनाएको छ । घलेम्दी अायोजनाको कूल लागत ९४ करोड रूपैयाँ पुग्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया