रसिया । जारी २१ औं चरणको फिफा विश्वकप फुटबल अन्तर्गत आजराति समूह ‘जी’ र ‘एच’ का खेलहरु हुँदैछ । आजरातिको खेलसँगै समूह चरणको सबै खेल समाप्त हुनेछन् ।
प्रि—क्वार्टरफाइलनमा पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आज रातिको खेलबाट अन्तिम २ टोलीको छिनोफानो हुनेछ । समूह ‘एच’ बाट अन्तिम १६ मा पुग्ने टोलीको छिनोफानो आजराति हुने २ खेलबाट हुनेछ ।
समूह ‘एच’ को शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान ४ अंक छ । कोलम्बियाको ३ अंक छ भने अंक विहिन पोल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह चरणको अन्तिम खेलमा जापानले पोल्यान्डको र सेनेगलले कोलम्बियाको सामना गर्नेछ । यी खेल साँझ ७ः४५ बजे सुरु हुनेछन् ।
आजराति नै समूह ‘जी’’ को अन्तिम खेलमा अन्तिम १६ मा पुगिसकेका इङ्ल्यान्ड र बेल्जियम आमने—सामने हुँदैछन् । यि दुई टिमबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । पानामा र ट्युनिसियाको खेल भने प्रतिष्ठानका लागि मात्र हुनेछ । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया