काठमडौं । मेगा बैंकको १०.७५ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
बैंकले साधारणसभाका लागि शुक्रबारदेखि शेयरधनी किताब बन्द गरेको थियो । असार १४ गते बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र बैंकको बोनस प्राप्त गर्नेछन् ।
बोनस वितरण गर्न बैंकले असार २९ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे साधारणसभा आह्वान गरेको छ । एकीकृत कारोबार पश्चात कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर आफैंले तिर्नुपर्ने बैंकले जनाएको छ ।
मेगाले यसअघि टुरिजम् बैंक र आफैँले घोषणा गरेको बोनस संसोधन गर्दै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यसभन्दा अघि टुरिजम् १५ प्रतिशत तथा मेगाले ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका थिए । सो बोनसलाई बैंकले वैशाख ३० गतेदेखि एकीकृत कारोबार गरिसकेको अवस्थामा समान बोनसदर वितरण गर्ने भन्दै १०.७५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३ सय ७९ रहेको छ । बोनसपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५१ लाख पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया