रसिया। फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल अन्तर्गत आजराति समूह ‘जी’ मा रहेको इंग्ल्याण्डले बलियो प्रतिद्धन्दी बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।
यि दुई टिमविचको खेल किलिनिङग्राड स्टेडियममा नेपाली समयअनुसार आजराति ११ः४५ बजे पछि सुरु हुँदैछ । यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको इंग्ल्याण्डले आज समूह विजेताका लागी बेल्जियमसँग भिड्दैछन् ।
बेल्जियमले पनि अन्तिम १६ को यात्रा तय गरिसकेको छ । बेल्जियमले समान ६ अंक नै बनाए पनि गोल अन्तरको आधारमा इंग्ल्याण्ड भन्दा पछि रहदै तालिकाको दोस्रो स्थानमा छ ।
यसअघि भएको समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २—१ गोल अन्तरले तथा दोस्रो खेलमा पानामालाई ६—१ गोलको भारी अन्तरले हराउँदै महत्वपूर्ण ६ अंक बटुलेको थियो ।
त्यस्तै, बेल्जियमले पहिलो खेलमा पानामालाई ३—० ले तथा दोस्रो खेलमा ट्युनिसालाई ५—२ गोल अन्तरले हराएको थियो । उत्कृष्ट फर्ममा रहेको दुवै टोलीविचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
त्यस्तै, आजैराति हुने अर्को खेलमा नवप्रवेशी टोली पानामा र अफ्रिकी टोली ट्युनिसियाविच खेल हुँदैछ । मार्डोभिया एरिनामा हुने खेलमा दुवै टोलीले प्रतिष्ठाका लागि भिड्दैछन् ।
अमेरिकालाई पछि पार्दै ऐतिहासिक रुपमा विश्वकपमा छानिएको पानामाको प्रदर्शन विश्वकपमा अपेक्षाकृत रहेन ।
अर्को नवप्रवेशी टोली आइसल्याण्डले शानदार प्रदर्शन गरिरहँदा पानामा भने कमजोर देखियो । इंग्ल्याण्डसँग ६–१ गोलको हार ब्यहोर्नुअघि पानामा बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।
पाँचौं विश्वकपमा सहभागिता जनाएको ट्युनिसियाले अघिल्लो चरणको यात्रा तय गर्न सकेन । जारी विश्वकपमा एक खेल जितेर अविष्मरणीय बनाउने दाउँमा रहेको पानामाले ट्युनिसियाविरुद्धको खेलमा कस्तो प्रर्दशन गर्नेछ त्यो भने हेर्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया