राष्ट्र बैंकद्वारा सेन्ट्रल फाईनान्सको शेयर स्वीकृत

काठमडौं । सेन्ट्रल फाईनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८.५ प्रतिशत बोनस शेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ । 

फाइनान्स सञ्चालक समितिको गत चैत ५ गते सम्पन्न २८५ औं सञ्चालक समिति बैठकले हकप्रदपश्चात कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त बोनस सेयर आगामी साधारण सभावाट पारित भएपछि वितरण हुनेछ । फाईनान्सले आर्थिक वर्ष २०७३–७४ को नाफावाट ६ करोड ६३ लाख बराबरको बोनस शेयर वितरण गर्नेछ ।

फाइनान्सले चालू आवको तेश्रो त्रैमाससम्ममो चार करोड ५३ लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेको छ ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । भने फाइनान्सले राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?