काठमाडौं । भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुनः छ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोल माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।
फागुन २५ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार सो दिन जारी हुने उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको चार अर्ब २६ करोड रुपैयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७८ चैत्र २२ गते र २०७९ जेठ २४ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार भोलि जारी हुने यि दुबै ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया