काठमाडौं । नेपाल बैंकले शुक्रबारदेखि ४ अर्ब ९५ करोड १७ लाख थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गरेको छ ।
बैंकले एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ निष्काशन गरेको हो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
बैंकले कूल १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपिओ निष्काशन गरेको छ । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित एफपिओ विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रहेको छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख पुग्नेछ । एफपिओबाट बैंकलाई ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख चुक्ता पूँजी बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया