मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयमा विद्यार्थीद्वारा तोडफोड

युवराज पंगाली सुर्खेत । स्वायत्त इन्जिनियरिङ्ग संकायको माग गर्दै आन्दोलनरत इन्जिनियरिङ्ग संकाय संघर्ष समितिका विद्यार्थीहरुले मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय सुर्खेतमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

शुक्रबार बिहान विद्यार्थीहरुले लगाएको ताला विद्यालय प्रशासनले जबरजस्ती खोलेपछि मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय विद्यार्थीहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट भवनका दुईवटा झ्यालहरुको सिसा फुटेको छ ।

विद्यालय प्रशासनले जबरजस्ती ताला खोलेपछि विद्यार्थीहरुले तोडफोड गरिएको संघर्ष समितिका सदस्य रोसन बस्नेतले बताए ।

रजिष्ट्रार कार्यालयमा तोडफोड गर्ने विद्यार्थीहरुमाथि प्रहरीको लाठी चार्ज गर्दा तीनजना विद्यार्थी सामान्य घाइते भएका छन् । 

अहिले विद्यालय प्रशासन र विद्यार्थीबीच अहिले वार्ता भइरहेको छ ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका मागहरु इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले राख्दै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?