एशियाडको निर्णायकमा धनेश्वर चयन

काठमाडौं ।  आगामी भाद्र २ देखि १७ गते सम्म इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्तर्गत हुने ट्राईयाथलनका लागि धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन् ।
उनलाई एशियन ट्राईयाथलन महासंघले एशियाली खेलकुद अन्तर्गत हुने ट्राईयाथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका धनेश्वर लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन् । हाल नेपालमा ५ अन्तराष्ट्रिय निर्णायक सहित ३२ राष्ट्रिय निर्णायक रहेका छन् । छोटो समयमा नै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा आफ्नो पहिचान राख्न सफल ट्राईयाथलनबाट एशियाली खेलको लागि निर्णायक चयन भएको प्रजापती पहिलो निर्णायक हुन् ।

अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भईसकेको ट्राईयाथलन खेलले भारतको गुहाटीमा भएको दक्षिण एशियाली खेलमा पहिलो सहभागितामा नै एक रजत र एक कास्य पदक प्राप्त गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?