नेबिकोद्वारा थप चारवटा प्रोडक्ट लन्च

लोकपथ
322
Shares

काठमाडौं । करिब छ दशकको अनुभव संगालेको नेपालको पहिलो बिस्कुट कन्फेन्सरी उत्पादक नेविकोले थप चारवटा प्रोडक्ट लन्च गरेको छ । नेविकोले सोमबार बिस्कुटमा डाएजेस्टिभ–५०, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स ब्रान्ड बजारमा ल्याएको हो ।

यस कम्पनीले आफ्ना उत्पादनहरु आकर्षक देखाउन र उपभोक्ताहरु समक्ष सुरक्षित पुर्याउन प्याकेजिङमा सकेत विशेष ध्यान दिदै आएको कम्पनीले जनाएको छ । उपभोक्ताहरुको स्वास्थ्यमा ध्यान राखी कम्पनीले उत्पादनको गृणस्तरमा समेत वृद्धि गरेको जनाएको छ ।

१५० ग्रामको डाएजेस्टिभ–५० बिस्कुटको मुल्य ५० रुपैयाँ, १८० ग्रामको नाइस मिल्क कुकिजको मुल्य ५० रुपैयाँ, ८०० ग्रममको कुरुम कुरुम चिराको मुल्य ९५ रुपैयाँ र ३५ ग्रामको प्याकेटमा भएको साल्टेड पिनट्सको मुल्य २० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?