सुनील र सुजनालाई स्वर्ण पदक

काठमाडौं । प्रथम बृहत राष्ट्रिय पारा खेलकुद अन्तर्गत राष्ट्रिय बहिरा ब्याडमिन्टन प्रतियोगितामा अर्घाखाँचीका सुनील आले मगर र ताप्लेजुङकी सुजना लिम्बूले शुक्रबार स्वर्ण पदक जितेका छन् । 
सिंगल्स स्पर्धाको पुरुषमा सुनील र महिलामा सुजना पहिलो भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा मकवानपुरका संगम पाख्रिन दोश्रो र काठमाडौंका दिनेश महर्जन तेश्रो भए ।

महिलामा सिरहाकी सुनिता पटुवारी दोश्रो र सिन्धुलीकी गंगामाया श्रेष्ठ तेश्रो स्थानमा रहे । विजेतालाई राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले एक कार्यक्रमबीच नगदसहित पुरस्कार वितरण गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?