रसिया : विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् ।
समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुँदैछ । त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुँदैछ । यी दुई खेलको विजेता क्वार्टरफाइनलमा भिड्नेछन् ।
फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।
समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेन सम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार हुनुपरेको थियो ।
(भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका गत बिहिबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जनाएको छ ।
फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो । भिएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो ।
विश्वकपका सवै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो भने उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् र अन्य खेल अवधिमा लाइनक्रस, अपसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएका फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले बताए ।
भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेका कोलिनाले जानकारी गराए । निरिक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडीको उपस्थितिविना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आँफै स्क्रिन अगाडी बसेर हेरेको कोलिनाले बताए ।
रेफ्रीले भिएआर प्रणालीको सहयोग विना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया