काठमाडौं : वितरणको मोडालिटी ठीक नभएको र खेतीबाली लगाउनुपर्ने समयमा शेयर खुल्ला गरेको जनाउँदै माथिल्लो तामाकोशी जलविधुत अायोजनाको साधारण शेयर (अार्इपीअो) बिक्री रोक्न दोलखाका स्थानीय बासिन्दाले अाग्रह गरेका छन् । अायोजनाले असार २४ गतेदेखि स्थानीयबासीलार्इ १० प्रतिशत शेयर बिक्री खुलाउन लागेको छ ।
तामाकोशीले शेयर खरिदका लागि स्थानीयलार्इ अाब्हानपत्र बाँडेपछि स्थानीय संघसंस्था र राजनीतिक दलका नेताहरूले मोडालिटी नै प्रष्ट नभएको र समय समेत उपयुक्त नभएको जनाउँदै विरोध गरेका छन् । उनीहरूले तत्काल शेयर बिक्री रोकिदिन दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीअो) सागरमणी पाठकलार्इ ज्ञापनपत्र समेत बुझाएका छन् ।
अहिले खेत रोप्ने समय रहेको, अार्थिक बर्षको अन्त्य हुन लागेकाले वित्तीय संस्थाहरूले ऋण नदिने स्थिति रहेको एवं स्थानीयसँग पैसा नभएको जनाउँदै विरोधकर्ताहरूले बर्खायाम सकिएपछि मात्रै शेयर खुलाउन माग गरेका हुन् । स्थानीयका लागि शेयर जारी गर्दा अावेदन दिने समय कम्तीमा एक महिना तोकिनुपर्ने, वित्तीय संस्थाहरूसँग समन्वय गरी स्थानीयलार्इ शेयर खरिदका लागि अावश्यक रकम व्यवस्थापन गरिदिनुपर्ने र वैदेशिक रोजगारीमा गएका स्थानीयले अनलार्इनबाटै शेयर अावेदन दिन सक्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् ।
दोलखाबाहिर रहेका नागरिकलार्इ सोही स्थानबाट शेयर भर्ने व्यवस्था मिलाउन पनि अान्दोलनकारीको माग छ । स्थानीयको मागबारे छलफल भर्इरहेको अायोजनाका अधिकारीहरूले जानकारी दिएका छन् ।
यो पनि :
माथिल्लो तामाकोशीले २४ असारदेखि स्थानीयलार्इ शेयर दिने, लगत्तै सर्वसाधारणलार्इ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया