रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र अर्जेन्टिनाविचको पहिलो हाफको खेल सकिएको छ ।
काजान स्टेडियममा भइरहेको खेलको पहिलो हाफसम्म फ्रान्सले बलियो प्रतिद्धन्दी अर्जेन्टिनालाई १—१ गोलको बराबरीमा रोकेको हो । फ्रान्सका लागि एन्थोनी ग्रिजमानले गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
फ्रान्सका केलिन एमबापेलाई मार्कोस रोजेले डिबक्स एरियामा फल गरेपछि पेनाल्टी हान्ने मौका पाएको थियो । सो अबसरलाई सदुपयोग गदै ग्रिजमानले गोलमा परिणत गरिदिए । निकै दबावमा खेल खेलेका अर्जेन्टिनाका लागि ४१ औ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।
उनले २५ यार्डबाट प्रहार गरेको बललाई सहि दिशा दिदै गोल पोष्टको जाली चुमाएका थिए ।
दोस्रो हाफको खेल केहि बेरमा शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया