काठमाडाैं : अारएसडीसी मार्इक्रोफार्नाइन्सले अाफ्ना शेयरधनीहरूलार्इ अाज (अार्इतबार) देखि हकप्रद शेयर भर्न मिति तोकेको छ । अाजदेखि साउन २० गतेसम्म हकप्रद भर्न पाउने अारएसडीसीले जानकारी दिएको छ ।
अारएसडीसीले ६० प्रतिशत अर्थात २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । शेयरधनीले अाफूसँग रहेको ५ कित्ता बराबर थप ३ कित्ता शेयर १ सय रूपैयाँमा भर्न पाउनेछन् । अहिले नेप्सेमा अारएसडीसीको प्रतिकित्ता शेयरको मूल्य ५ सय २५ रूपैयाँको हाराहारीमा छ । जेठ २१ सम्म अारएसडीसीको शेयर किनेकाहरूले पनि हकप्रद भर्न पाउनेछन् ।
शेयरधनीले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । यस्तै, आरएसडीसीको बुटवल कालिकानगर कार्यालय र आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था बिक्री प्रबन्धकले मिलाएको छ ।
चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको अारएसडीसीले हकप्रद शेयर बेचेपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पु-याउनेछ । चालु अार्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख ६७ हजार रूपैयाँ नाफा कमाएको यो मार्इक्रोफार्इनान्सको प्रतिशेयर अाम्दानी ८ रूपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रूपैयाँ ४१ पैसा कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया