गुलरिया : सुनमा मिसावट गरेको अारोपमा बर्दियाका १२ सुन व्यवसायीलार्इ प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ प्रहरीले उनीहरूलार्इ पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यवसायीबारे प्रहरीले विस्तृतमा जानकारी दिएको छैन ।
बर्दियाका सून व्यवसायीहरूले गरगहना बनाउँदा सुनमा मिसावट गरिरहेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।
उजुरी परेपछि प्रहरीले सुनमा मिसावट गर्ने व्यवसायीहरूलार्इ पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि प्रहरीले हिरासतमा राखी बयान लिर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया