गुल्मीमा भेटिएको २ बेवारिसे शवमध्ये १ को पहिचान

तम्घास : गुल्मीमा गत शुक्रबार भेटिएका २ बेवारिसे शवमध्ये एउटाको शनाखत भएको छ । सो शव ताराखोला गाउँपालिका-४ बागलुङकी ४६ बर्षीइ चन्द्री दर्जीको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मुसिकोट गाउँपालिका-८, वामी रूक्सेको बाटो नजिक गत शुक्रबार शव फेला परेको थियो । शनाखत भएकी दर्जी मानसिक रोगी रहेको र असार ७ गतेदेखि हरार्इरहेको खुल्न अाएको छ। उनको शव परिवारलार्इ बुझार्इएको छ। 

तर, असार १४ गते कालिगण्डकी गाउँपालिका-४ स्थित कालीगण्डकी नदी किनारमा भेटिएको एक युवतीको शवको भने अझै पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?