सिद्धार्थ र्इन्स्योरेन्सको हकप्रद खुल्यो

काठमाडाैं :  सिद्धार्थ र्इन्स्योरेन्सले अाजदेखि अाफ्ना शेयरधनीलार्इ हकप्रद शेयर खरिद खुल्ला गरेको छ। र्इन्स्योरेन्सको चुक्ता पूँजीको ३५ प्रतिशत रकमबराबरको हकप्रदमा अाज (अार्इतबार) देखि शेयरधनीले अावदेन दिन सक्नेछन् । 

कूल २२ लाख ४४ हजार ९ सय ७३ कित्ता शेयर खरिदका लागि अावेदनकर्ताले अाजदेखि अावेदन दिन पाउनेछन् । बैशाख ३१ गतेसम्म कायम रहेका शेयरधनीले पनि यो हकप्रद भर्न पाउनेछन् । 

शेयर बिक्रीका लागि सिद्दार्थले एनएमबी क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ । बीमा समितीले तोकेको चुक्ता पूँजी बढाउन यो कम्पनीले हकप्रद जारी गरेको हो ।

हकप्रद बिक्रीपछि र्इन्स्योरेन्सको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रूपैयाँ पुग्नेछ । हाल सिद्दार्थको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?