क्रोएसियालाई रोक्ने डेनमार्कको योजना

रसिया । फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने प्रि-क्वाटरफाइनलको खेलमा क्रोएसिया र डेनमार्क भिड्दैछ ।

यि दुई टिमविचको खेल निज्नी नोभ्गोरोड स्टेडियममा नेपाली समयअनुसार पौने १२ बजेपछि सुरु हुँदैछ ।  क्रोएसियाले आज रातिको प्रि-क्वाटरफाइलनमा  डेनमार्कलाई शतप्रतिशत हराउँने मनोस्थितीका साथ मैदानमा उत्रदैछ ।  राम्रो लयमा रहेको क्रोएसियाको टिमलाई रोक्ने प्रयासमा डेनमार्क हुनेछ। समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३—० ले यही मैदानमा पराजित गरेको थियो । 

आज रातिको  विजेताले क्वाटरफाइनल खेलमा पूर्व विजेता स्पेन वा रसियाको सामना गर्नेछ । अनुभवी खेलाडी लुका मोड्रिकले क्रोएसियाको  नेतृत्व गरिरहेका छन् । उनले समूह ‘डी’  को लिग चरणमा नाइजेरिया र आइसल्यान्डलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गराउँन सफल भएका थिए ।  सन् १९९८ मा क्रोएसियाले सबैभन्दा उत्कृष्ट नतिजा निकालेको थियो त्यतिबेला क्रोएसिया विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । यस पटक पुन: क्रोएसिया यहि नतिजालाई पछ्याउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छन् । 


 
क्रोएसियाका भरपर्दा डिफेन्डर डेजान लोभरेनले ९ वर्षको उमेरमा विश्वकपमा क्रोएसियाले गोल गर्दा खुशीले आमा ठू—ठूलो स्वरले कराएको सम्झिन्छन् । 
सन् १९९८ मा क्रोएसियाले तेस्रो स्थानमा चित्त बुझाएको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्ड्सलाई २—१ गोलले पराजित गरेको थियो । यस पटकको विश्वकपमा राम्रो खेल प्रर्दशन गर्ने डिफेन्डर लोभरेनले बताए । 

तर उनी मान्छन्, यसका लागि टिम भाग्यमानी पनि हुनुपर्छ । किनभने प्रतिद्धन्दीहरु कठिन हुँदैछन् । मोड्रिकले रसियाको भूमिमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका छन् । उनले अर्जेन्टिनाविरुद्धको खेलमा लामो दूरीबाट गोल गरेका थिए । मोड्रिकसँगै मिडफिल्डर इभान राकिटिचले पनि राम्रो खेल प्रर्दशन गरिरहेका छन् ।

अहिले क्रोएसियाली टिममा युवा खेलाडीहरुले पनि खेलमा डेब्यु गरेका छन् । एन्टे रेबिच, माटेओ कोभासिच र मार्लेलो ब्रोजोभिच । यी सबैले युरोपका प्रमुख लिगमा खेल्छन् । यता लगातार १७ खेलमा अपराजित डेनमार्क पनि राम्रो प्रदर्शनका लागि आशावादी छ । अहिलेसम्ममको प्रदर्शनमा टोली खुसी पनि छ । समूह ‘सी’ को दोस्रो स्थानमा रहदै डेनमार्क नकआउट चरणमा पुगेको थियो । 

सन् १९९८ को विश्वकपमा डेनमार्कले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । अहिले त्यहि इतिहास दोहोर्याने डेनमार्कको लक्ष्य रहेको छ । त्यतिबेला डेनमार्क ब्राजिलसँग पराजित हुँदै अघिल्लो चरणमा पुग्न सकेको थिएन् । 

क्रोएसिया र डेनमार्क अहिलेसम्म ५ पटक आमने—सामने भइसकेका छन। जसमा क्रोएसियाले २ मा जित, २ मा हार र १ खेलमा बराबरी गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?