काठमाडौं । कंगना रनौतदेखि स्वरा भास्करसम्म फिल्म उद्योगमा यस्ता धेरै स्टार छन्, जसले सामाजिक–राजनीतिक विषयमा खुलेर कुरा गर्छन् । फिल्म स्टारहरुपनि राजनीति, राजनीतिक व्यक्तित्व र राजनीतिक विषयहरूमा आफ्नो विचार व्यक्त गर्न कुनै संकोच गर्दैनन् । जब भारतको पाँच राज्यको विधानसभा चुनावको नतिजा घोषणा हुन लागेको छ । यो समयमा बलिउड स्टारहरु के गर्दैछन् भन्ने बारेमा हामी चर्चा गर्न लागेका छोँ ।
कंगना रनौत :
उत्तर प्रदेश विधानसभा चुनावको समयमा अभिनेत्री कंगना रनौतले प्रायः आफ्नो सोशल मिडियामार्फत यूपी मुख्यमन्त्री योगी आदित्यनाथलाई समर्थन गरेको देखिन्छ। भाजपा पहिलो केही घण्टामा २०० सिटमा अगाडि बढेको देखिन्छ ।
अहिले कंगना रनौत मुम्बईको लागि प्रस्थान गरेकी छिन्। उनले चुनावको बारेमा कुरा नगरी आज आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सतगुरुको पोष्ट सेयर गरिरहेकी छिन् ।
प्रियंका चोपडा :
ग्लोबल आइकन प्रियंका चोपडा राजनीतिक मुद्दाहरूमा कमै मात्र आफ्नो विचार व्यक्त गर्छिन्, तर सामाजिक मुद्दाहरूमा खुलेर आवाज उठाउँछन्।
आज आफ्नो देशमा मतगणना भइरहेका बेला प्रियंकाले रुस युक्रेन युद्धसँग सम्बन्धित पोस्ट आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।
अनुपम खेर :
अभिनेता अनुपम खेर राजनीतिक विषयमा ट्विट गरेपछि अक्सर ट्रोलको सिकार बन्ने गर्छन् । उनी आफैं कुनै पार्टीको सदस्य होइनन् तर उनकी पत्नी किरण खेर भाजपाकी सदस्य हुन् ।
आज चुनावी प्रचारका क्रममा उनी आफ्नो आगामी फिल्म ‘द कश्मीर फाइल्स’ को प्रमोशन गरिरहेका छन् । उनले मोहनलाल रैना आफ्नै देशमा शरणार्थी बनेर बसेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उर्फी जावेद :
उर्फ जावेद आफ्नो बोल्ड फोटोसुट र हरेक मुद्दामा आफ्नो बयानका कारण सधै चर्चामा रहन्छिन् । आज चुनावी नतिजा आउँदा पनि उनी चर्चामा छिन् । यद्यपि उनले आज निर्वाचनसँग सम्बन्धित कुनै पोस्ट गरेकी छैनन् ।
उनले आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘इन्टरनेटमा मानिसहरु दुई टुक्रा हुने कारण म हुँ भन्ने थाहा पाउँदा अचम्म लाग्यो !’
विवेक अग्निहोत्री :
आज सबैको नजर चुनावी नतिजामा रहेको बेला सामाजिक सञ्जालमा अनुपम खेरको ‘द कश्मीर फाइल्स’ ट्रेन्डिङ भइरहेको छ । यसबारेमा खुशी व्यक्त गर्दै विवेक अग्निहोत्रीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ट्वीट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया