रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत स्पेन र रसियाविचको पहिलो हाफको खेल सकिएको छ ।
लुज्निकी स्टेडियममा आज साँझ भएको पहिलो प्रि—क्वाटरफाइनल खेलमा स्पेन र आयोजक राष्ट्र रसिया एक—एक गोलको बराबरीमा रोकिएको हो । खेल सुरु भएको १२ मिनेट पनि बित्न नपाउँदै स्पेनले खेलमा १—० को अग्रता लियो ।
सर्जियो रामोसले फ्रिकिकमार्फत प्रहार गरेको बललाई बचाउन खोज्दा रसियाका सर्गेइ इग्नासोभिचले आत्मघाती गोल गर्न पुगे । प्रतिस्पर्धात्मक खेलको ४१ औ मिनेटमा रसियाले बराबरी गोल फर्कायो । ज्युवाले कर्नरबाट प्रहार गरेको बललाई क्लियर गर्न खोज्दा स्पेनका गेरार्ड पेकेले डिबक्समा ह्याण्ड गरेपछि रसियाले पेनाल्टी हान्ने मौका पाएको थियो । सो अबसरलाई रसियाका ज्युवाले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा पुर्याए । दोस्रो हाफको खेल अब केहिबेरमा शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया