एजेन्सी : पाकिस्तानको विदेशी मुद्रा सञ्चितिका लागि चीनले १ अर्ब अमेरिकी डलर दिएको छ ।
पाकिस्तानको अर्थमन्त्रालय स्रोतले जनाए अनुसार चीनले पाकिस्तानकलाई १ अर्ब अमेरिकी डलर दिएको हो ।
सन् २०१७को मे महिनामा १६.४ अर्ब अमेरिकी डलर रहेकोमा गतसाता ९.६६ अर्ब अमेरिकी डलरमा झर्न पुगेको थियो ।
यो ऋण पाकिस्तानलाई १ देखि २ अर्ब डलर ऋण समझौता अन्तर्गत दिइएको जनाइएको छ ।
यसबारे पाकिस्तानको वित्तमन्त्रालयले कुनै प्रतिक्रिया दिन इन्कार गरेको छ ।
यो नयाँ ऋण चीनले पाकिस्तानलाई आर्थिक वर्षको अन्त्यमा जुनमा दिएको हो ।
पहिलो १० महिनामा चीनले पाकिस्तानलाई १.५ अर्ब अमेरिकी डलरको ऋण सहयोग गरेको वित्त मन्त्रालयको कागजातमा देखिएको छ ।
पाकिस्तानले चिनियाँ बैंकहरूबाट २.९ अर्ब अमेरिकी डलर बराबरको ऋण पनि लिइसकेको छ ।
चीनले पाकिस्तानलाई अर्थतन्त्रमा सुधार गर्न सहयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया