एजेन्सी : विश्वकै पहिलो निशुल्क विश्वविद्यालय पाकिस्तानमा खुल्न लागेको छ ।
अर्को महिनादेखि यो निशुल्क विश्वविद्यालय सञ्चालनमा आउने छ ।
तीन विभिन्न विषयका स्नात्तोकत्तर शिक्षाका लागि ६सय विद्यार्थीहरूको नामांकन भइ यो विश्वविद्यालय खुल्न लागेको हो ।
ब्याज मुक्त ऋण उपलब्ध गराइरहेको एक लघुवित्त अखुवातका कार्यकारी निर्देशक डा. मोहम्मद अमजद सकिबले यो विश्वविद्यालय लाहोर नजिक कसुर जिल्लामा अगस्त १४ २०१८ देखि यो विश्वविद्यालय सञ्चालनमा आउने जनाए ।
उनले भने “ हामीले पहिलो निशुल्क विश्वविद्यालय पाकिस्तानमा स्थापना गरिरहेका छौं । यहाँ विद्यार्थीहरूलाई शुल्क तिर्नु पर्दैन् ।
यो दीर्घकालीन ऋण शर्त कर्ज ए हसानका आधारमा सञ्चालन हुनेछ । पहिला तपाई यहाँ शिक्षा लिनुस र पछि ५ , १०, वा २० वर्षमा जब तपाई सक्षम हुनुहुन्छ तिर्नुस ।”
उनले भने “ हाम्रा समस्याको अन्तिम समाधान शिक्षा नै हो । तर गरिब परिवारका विद्यार्थीलाई उच्च शिक्षा ग्रहण गर्न समस्या हुन्छ । हामीले हाम्रा प्रतिभाप्रति न्याय गरिरहेका छैनौं ।”
यो राष्ट्रिय स्तरको आवासीय विश्वविद्यालय हुनेछ । हरेक प्रान्तबाट २० प्रतिशत विद्यार्थी आउनेछन् ।
अखुवातले लाहोरमा निशुल्क कलेज सञ्चालन गरिरहेको जहाँ ३सय विद्यार्थी सबै प्रान्तबाट आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया