काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हुन नसकेको व्यापार तथा पारवहन सम्झौता अब अघि बढ्ने भएको छ ।
सम्झौताको विषयमा नेपाल सरकारले नै गर्नुपर्ने महत्वपूर्ण काम अगाडि बढ्न नसक्दा यही असार ५ तेदेखि १० गते सम्म प्रधानमन्त्रीले गरेको चीन भ्रमणका क्रममा ती सम्झौता हुन सकेको थिएन । अब भने सो प्रक्रिया अघि बढेको हो ।
सो सम्झौतामा हस्ताक्षर भएपछि नेपालले चीनबाट समान आयात तथा इन्धन आयातमा समेत थप सहजता हुनेछ ।
सो सम्झौता भए लगत्तै चिनियाँ बन्दरगाह प्रयोग गर्नेलगायतका विषयमा समेत थप सहजता प्राप्त हुने भएको छ । चीनका राजमार्ग प्रयोग तथा सहज आवत जावतका लागि समेत सो सम्झौताको अर्थ रहनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रोटोकल तयार भएको र हस्ताक्षरका लागि चीन पठाइएको जानकारी दिएका छन् ।
उनले आगामी एक महिना भित्रै सो प्रोटोकलमा हस्ताक्षर हुने बताएका छन् । चीन सरकारसँग उक्त प्रोटोककलमा हस्ताक्षरसँगै नेपालका आयात हुने माल सामान सहज रुपमा भित्र्याउन सकिनेछ ।
यस्तै नेपालले प्राप्त गर्ने व्यापारिक सहजता तथा साझेदारीका लागि समेत थप मार्ग प्रशस्त हुनेछ ।
नेपालले चीनबाट आयात गरिरहेको सामान समुन्द्री मार्ग हुँदै कोलकता बन्दरगाहबाट ल्याउनुपर्ने वाध्यताको समेत अन्त्य हुनेछ ।
प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको थियो ।
व्यापार तथा पारवहन सम्झौताले भारत केन्द्रीत व्यापार तथा वाणिज्यको क्षेत्रमा समेत नयाँ आयाम थपिनेछ । भारतले नेपालमाथि विगतमा लगाएको नाकाबन्दीको प्रभाव नियन्त्रण गर्ने लक्ष्यका साथ सरकारले चीनसँग उक्त सम्झौता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया