किन हुन्छ अघोषित लोडसेडिङ ?  यस्तो छ कारण

काठमाडौं । मनसुन सुरु भएका कारण देशभर नै सबै जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेका छन् ।

देशभर विद्युत्को कूल जडित क्षमता १ हजार ८० मेगावाट पुगेको छ । तर राजधानी र प्रमुख शहरहरुमा एकपछि अर्को गर्दै विद्युत् कटौती भइरहेको छ ।
 
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएको जनाएको छ । कुनै पनि स्थानमा विद्युत् कटौती हुने अवस्था नभएको पनि उसले दावी गरेको छ ।

तर विगत केही दिनदेखि राजधानी र आसपासका क्षेत्रमा पटक पटक विद्युत् कटौती भइरहेको छ । किन यस्तो भएको होला ? आम उपभोक्ताले प्रश्न गरिरहेका छन् ।

प्राधिकरणले मर्मतका कारण केही स्थामना विद्युत् कटौती गरिएको जानकारी दिएको छ । विद्युत् अपुग भएर होइन नियमित मर्मत गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको हो, प्राधिकरणले भनेको छ ।

प्रसारण प्रणालीमा समस्या नआओस् भनेर नियमित मर्मत सम्भार गरिएको हो, त्यसका कारण सबै क्षेत्रमा एक दिन विद्युत् कटौती गरेर भएपनि मर्मत गरिएको छ ।

यस्तै हावा हुरी तथा वर्षाका कारण पनि देशभरका ११ केभी र ३३ केभी प्रसारण प्रणालीमा समस्या देखिएको छ । त्यस्ता समस्या समाधानका लागि आफूहरु लागिपरेको प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?