बेल्जियमलाई हराउने रणनीतिका साथ जापान मैदानमा उत्रदै

रसिया । जारी २१ औं चरणको फिफा विश्वकप फुटबलको नकआउट चरणको दोस्रो खेलमा आजराति ‘डार्क हर्स’ बेल्जियमले एसियाली राष्ट्र जापानको सामना गर्दैछ । 

यि दुई टिमविचको खेल रोस्तोभ एरिनामा आजराति पौने १२ बजेपछि सुरु हुँदैछ । समूह ‘जी’ को विजेता बेल्जियम र समूह ‘एच’ को उपविजेता जापान छैँटो पटक आमने—सामने हुँदैछ ।
समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्दै बेल्जियमले ९ गोल गरेको थियो भने २ गोल खाएको थियो ।

यता जापान भने समूह उपविजेता बन्नका लागि फेयर प्लेमा सेनेगललाई पछि पार्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । समूह चरणमा जापानले कोलम्बियालाई २—१ ले पराजित गरेको थियो भने सेनेगलसँग २—२ को बराबरी र पोल्याण्डसँग १—० ले पराजित भएको थियो । 

प्रशिक्षक रोबर्टो मार्टिनेजको टिम पछिल्लो २२ खेलमा अपराजित छ । गत नोभेम्बरमा बेल्जियमले जापानविरुद्धको मैत्रीपूर्ण खेल १–० ले जितेको थियो । त्यतिबेला बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरेका थिए । यसपल्ट रसियामा लुकाकुले दुई खेलमा ४ गोल गरिसकेका छन । खुट्टाको चोटबाट मुक्त भएका लुकाकु आजरातिको खेलमा मैदानमा उत्रने सक्ने बताइएको छ । 
यता बेल्जियमका प्रशिक्षक मार्टिनेजले समूह चरणमा प्राप्त गरेको उत्कृष्ट लयलाई निरन्तरता दिँदै जापानको सामना गर्ने बताए । 

दुई महिना अगाडी मात्र नियुक्त भएका जापानका वर्तमान प्रशिक्षक अकिरा निसिनोले बल्जियमविरुद्धको खेलमा जित हात पार्ने रणनीतिका साथ मैदानमा उत्रने जानकारी दिए  
जापानले विश्वकप इतिहासमा अहिलेसम्म प्रि—क्वार्टरफाइनल भन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन् ।  बेल्जियमविरुद्धको खेलमा जापानका कप्तान माकोतो हासबेसँगै सिन्जी कागावा र युया ओसाकोलाई खेलाउने छन् ।

जापानी टिममा शिन्जी ओकाजाकी, केइसुके होन्डा र शिन्जी कागावा छन् । यी तीन खेलाडीले जापानका लागि ११८ गोल गरेका छन् । शिन्जी ओकाजाकीले राष्ट्रिय टिमबाट ११६ खेलमा ५० गोल गरेका छन् ।
बेल्जियम र जापान अहिलेसम्म ३ पटक आमने—सामने भएका छन् । तिनै भेटमा बेल्जियमले जापानलाई हराएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?