रसिया। जारी फिफा विश्वकप फुटबलमा आइतबारराति स्पेनविरुद्धको खेलमा जित हात पारेपछि रसियामा खुशियाली छाएको छ ।
पूर्व विश्व विजेता स्पेनलाई अप्रत्याशित रुपमा पराजित गरेपछि रसियामा खुशियाली छाएको । विश्वकपको आगामी चरणका लागि रसिया अगाडि बढेपछि रसियन फुटबल समर्थकहरूले खुशियाली मनाएका हुन् । आयोजक राष्ट्र रसियाले पूवविश्वकप विजेता स्पेनलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रसियाको ठूलो सफलताका रुपमा लिइएको छ ।
विजयपछि रसियाका विभिन्न शहरका चोक चोकमा भेला भएर रसियन फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन् । फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरियताक्रममा रसिया ७० औं स्थानमा छ ।
प्रतियोगिताको निर्धारित समय र थपिएको समयमा समेत १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । रसियाका गोलरक्षक आकिनफेभमाथि रसियन समूहको विश्वास थियो । उनीहरुले आफूहरु ट्राइब्रेकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए । नभन्दै परिणाम पनि त्यस्तै आयो । उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया