काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मी क्लब जारी ललित स्मृति ‘यु–१८’ राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मी क्लबले हिमालयन शेर्पालाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आत्मघाती गोल गरेपछि खेलमा आर्मीले अग्रता लिएको थियो ।
त्यस्तै आर्मीका विवेक चौधरी र सुसन लामाले गोल गरेपछि हिमालयन शेर्पा क्लब स्तब्ध बनेको थियो । अब आर्मी क्लबले फाइनल प्रवेशको लागि मोरङ फुटबल क्लबको सामना गर्नेछ ।
आर्मी क्लब समूह ‘ए’को विजेता बन्दै अन्तिम आठमा पुगेको थियो भने हिमालयन शेर्पा क्लब समूह ‘डि’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया