मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

काठमाडौं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई बधाई दिएका छन । 

एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पले ट्वीटमार्फत बधाई दिँदै अमेरिकाले आगामी दिनमा नवनिर्वाचित एन्ड्रेससँग मिलेर काम गर्ने बताए । उक्त वधाई सन्देशमा ट्रम्पले भने, अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाएका थिए । त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गरेका थिए । 

तर ट्रम्पको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राखे । दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए। यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो । 

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नु पर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?