काठमाडौं । स्पेनिस टिमका कप्तान सर्जियो रामोसले अहिले नै अन्तर्राष्ट्रिय खेल जिवनबाट सन्यास नलिने बताएका छन् ।
कप्तान रामोसले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने बताएका हुन् । प्रि—क्वार्टरफाइनलमा रसियासँग पेनाल्टी सुटआउटमा हार ब्यहोरेपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो । भेट्रान मिडफिल्डर आन्द्रे इनियस्टाले भने अन्तर्राष्ट्रिय खेल जिवनबाट सन्यास लिएको घोषणा गरिसकेका छन् । कतारमा विश्वकप हुँदा रामोस ३६ वर्षका हुनेछन् तर पनि उनले अहिले नै सन्यास नलिने संकल्प लिएका हुन् ।
रामोसले स्पेनी टिमका लागि सबैभन्दा धेरै १५६ खेल खेलिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया