अक्टोबरमा विवाह गर्ने तयारीमा रणवीर कपुर र आलिया भट्ट

लोकपथ
497
Shares

काठमाडौं । रणवीर कपुर र आलिया भट्टको डेटिङको खबर बाहिर आएदेखि नै फ्यानहरू दुवैको विवाहको प्रतीक्षामा छन् । लामो समयदेखि सामाजिक सञ्जालमा यी जोडीको विवाहको हल्ला चलिरहेको छ । तर, यो जोडीले डेट फाइनल गर्न भने बाँकी नै छ ।

यसअघि मिडिया रिपोर्टका अनुसार रणवीर र आलियाले यसै वर्ष अप्रिलमा विवाह गर्ने बताइएको थियो । तर, अहिले यी दुवै जोडी सन् २०२२ को अक्टोबरमा विवाह गर्ने तयारीमा रहेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आलिया र रणवीर कपुर

आलिया भट्ट र रणवीर कपुरको परिवारले गत वर्ष दुवैको विवाह गर्ने तयारी गरेको थियो । तर कोरोना संक्रमण बढेपछि उनीहरुको विवाह स्थगित भएको थियो । त्यसपछि यी दुवैले यसै वर्षको अप्रिलमा विवाह गर्ने दाबी गरिएको थियो । तर, दुवै पक्षबाट अहिलेसम्म आधिकारिक घोषणा नआएकाले यो समाचार झुटो साबित भएको देखिन्छ ।

आलिया भट्ट, रणवीर कपुर

मिडिया रिपोर्टका अनुसार दुवै स्टारका परिवारले मिलेर आलिया र रणवीर कपुरले यसै वर्षको अन्त्यसम्ममा विवाह गर्ने निर्णय गरेका छन् । यससँगै भट्ट र कपुर परिवारले दुवैको विवाहका लागि अक्टोबर महिना तय गरेका छन् ।

आलिया हालै रिलिज भएको फिल्म ‘गंगुबाई काठियावाडी’ को सफलताको मजा लिइरहेकी छिन् । योसँगै रणवीर आफ्नो र आलियाको फिल्म ‘ब्रह्मास्त्र’को रिलिजको प्रतिक्षामा छन् ।

यो फिल्ममा यी दुईको जोडी पहिलो पटक एकसाथ काम गर्दै छ । यसलाई अयान मुखर्जीले निर्देशन गर्दैछन् । यस फिल्मका अलावा आलिया एसएस राजामौलीको ‘आरआरआर’, करण जोहरको ‘तख्त’, ‘रकी र रानीको प्रेम कथा’ र ‘डार्लिंग्स’मा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?