काठमाडौं । होली पर्वले हाम्रो घरको दैलै नजिक आइसकेको छ । निकै हर्षका साथ मनाइने यो पर्वको तयारी तीव्र रुपमा भइरहेको छ । नेपालमा मात्र नभई भारतमा पनि होली पर्वलाई विशेष रुपमा मनाउने गरिएको छ । होली पर्वलाई समावेस गरेका धेरै बलिउड फिल्महरुको होली नजिकिदै गर्दा र होली पर्वमा चर्चा हुने गर्दछ ।
होली पर्व धेरैजसो चलचित्रमा गीतमार्फत देखाइएको छ । चलचित्रमा होलीले कथाको क्यानभासलाई अझ रंगीन बनाउँछ । आज हामीले यस्तै चलचित्रहरूको सूची तयार गरेका छौं, जसमा होलीलाई फिल्ममा महत्त्वपूर्ण रूपमा देखाएका छन् ।
शोले :
७० को दशकको फिल्म शोले कसलाई थाहा छैन र , यो फिल्मको हरेक पात्रले आजसम्म मानिसको मनमा फरक स्थान राखेका छन् । होलीको गीत ‘होली के दिन’ मा धर्मेन्द्र र हेमा एकअर्कासँग फ्लर्ट गरेको देख्न सकिन्छ । यसमा ‘कब हे होली ?’ भन्ने डाइलग पनि निकै चर्चित छ ।
गोलियों की रासलीला – राम-लीला :
राम-लीलाले राम (रणवीर सिंह) र लीला (दीपिका पादुकोण) लाई फिल्ममा होलीको पर्वमा आफ्नो प्रेम भर्ने मौका दिएका छन् । । फिल्मको मुख्य जोडीले एकअर्कामा रंग फैलाएपछि फिल्ममा छुट्टै थ्रिल र रोमान्स देखिन्छ । फिल्मको उक्त गीतमा रङहरुका कारण निकै रोमान्चक देखिएको छ ।
ट्वाइलेटः एक प्रेम कथा :
गम्भीर मुद्दालाई प्रस्तुत गरिएको ट्वाइलेटः एक प्रेम कथा फिल्ममा अक्षय र भूमिलाई होली खेलेको देखाइएको छ । फिल्मको गीत ‘गोरी तू लाठ मारू’ ले मथुरामा भइरहेको लाठ मार होलीको अभ्यासलाई चित्रण गरिएको छ । फिल्मको उक्त गीतमा होली पर्वलाई निकै रोम्रो तरिकाले प्रस्तुत गरिएको छ ।
बद्रीनाथ की दुल्हनिया :
बद्री की दुल्हनियामा वरुण धवन र आलिया भट्टलाई होली खेलिरहेको देखाइएको छ । वरुण-आलियाले एकअर्कालाई गर्ने प्रेम होली मार्फत देखाइएको छ । गितमा मानिसहरूलाई नाच्न र आफ्ना प्रियजनहरूलाई रंगाएको र गीतमा झुमेर होली पर्वको मजजा लिएको देख्न सकिन्छ ।
ए जवानी दे दिवानी :
अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पाद्कोणको फिल्म ‘ए जवानी दे दिवानी’मा पनि होलीको महत्वलाई देखाइएको छ । फिल्मको उक्त बलम पिचकारी नामक गीत होली आउनासाथै चर्चामा रहने गरेको छ । हरेक वर्षको होलीमा यो गीत बजाएर नाच्ने गरिएको छ । फिल्ममा दीपिकाको यो स्टाइल देखेर रणबीर कपूर छक्क परेका छन् र उनीहरु निकै रमाइलो गरिरहेका देखिन्छन् । होलीमा ‘बलम पिचकारी’ धेरै खेलिन्छ ।
सिलसिला :
यो चलचित्रले हामीलाई अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित होली गीत ‘रङ बरसे’ दिएको छ । यो रोमान्टिक फिल्ममा अमिताभ बच्चन, जया र रेखाको वास्तविक प्रेमकथाको झलक देख्न सकिन्छ । यसको होली गीत पनि निकै चर्चित भयो । यस गीतमा अमिताभले रेखालाई धेरै पटक रङ लगाउछन्, जबकि उनी सञ्जीव कुमारकी पत्नी हुन् र जया पनि फिल्ममा बिग बीकी पत्नी बनेकी थिइान् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया