काठमाडौं । चलचित्र ‘परस्त्री’को मुहूर्तसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने चलचित्रकाे शुभसाइत ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहान भएकाे हो ।
छायांकनका लागि फिल्म युनिट आइतबार नै हिमालपारिको जिल्ला मुस्ताङतर्फ प्रस्थान गरेको छ । गीत छायांकन सकेपछि मात्र काठमाडौं फर्किएर दृश्य छायांकन गरिने लेखक तथा निर्माता खनालले बताएका छन् ।
मुस्ताङमा १० दिन र काठमाडौंमा ३० दिन छायांकन तालिका राखिएको छ ।
फिल्ममा सुरज पाण्डेको डेब्यु निर्देशन रहनेछ । नेपाली र हिन्दी भाषामा निर्माण गरिने फिल्मको फिल्मको प्रदर्शन मिति आगामी कात्तिक ६ गतेका लागि ताेकिएको छ ।
शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण हुनेछ । फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री र अशान्त शर्माको अभिनय रहेनछ । फिल्ममा नीरज पाण्डेको छायांकन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया