ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, मेक्सिको बाहिरियो

रसिया। पाँच पटकको विश्व च्याम्पियन ब्राजिल जारी २१ औं चरणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सामरा स्टेडियममा सोमबारराति भएको पहिलो प्रि—क्वार्टरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २—० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको  हो । खेल शुरु भएको ७ मिनेटमा नै मेक्सिकोले प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरियो ।

आन्द्रेश गुरडाडोले दिएको क्रसलाई हिर्भिङग लोजानोले सदुपयोग गर्न सकेनन् । प्रतिस्पर्धात्मक खेलको २४ औ मिनेटमा स्टार स्ट्राइकर नेयमारको उत्कृष्ट प्रहार मेक्सिकोका गोलरक्षकले गुल्लेर्मो ओचोवाले सेभ गरेका थिए । लगतै २६ औं मिनेटमा फिलीप कौटिन्होले प्रहार पनि ओचवाले उत्कृष्ट बचाउ गरे । ३२ औ मिनेटमा नेयमारले दिएका पासलाई कौटिन्होले सहि सदुपयोग गर्न सकेन् र बल बाहिरियो । ३४ औ मिनेटमा ब्राजिलका गाब्रियल जिसस वान फर्सेस वानमा गोल गर्न चुके ।

३७ औ मिनेटमा कौटिन्हाले प्रहार गरेको बललाई मेक्सिकोका डिफेन्डरले बललाई क्लियर गरिदिए । ३९ औ मिनेटमा पाएको फ्रिकिकलाई नेयमारले सहि सदुपयोग गर्न सकेन र बल पोष्ट माथिबाट बाहिरियो । रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन र खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफमा  आक्रामक खेलेको ब्राजिलले गोल गर्यो । ५१ औं मिनेटमा ब्राजिलका लागि नेयमारले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले विलियनको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए । नेयमारले छैटो विश्वकपमा गोल गरेका हुन् ।

सन् २०१० देखि विश्वकप खेलेको नेयमारले टिमबाट ८९ औ खेल खेल्दै ५७ गोल गर्न सफल भए । 
खेलको ६७ ओ मिनेटमा पुन नेयमारको प्रहार मेक्सिकोका डिफेन्डरले क्लियर गरे ।  खेलको ८८ औ मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै सब्सिच्युड खेलाडी रोबेर्टो फिर्मिनोले गोल गरे ।

निर्धारित समयसम्म मेक्सिकोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २—० ले हार्यो । 
सन् २०१२ को लन्डन ओलपिक्सको फाइनलमा पराजित ब्राजिलले मेक्सिकोसँग हारको बदला लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?