क्रिस्टियानो रोनाल्डो : १४ वर्षपछि ‘म्यान यू’ का लागि ह्याट्रिक, बने फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौं । पोर्चुगलका कप्तान एवं क्लब म्यानचेस्टर युनाइटेड (म्यान यू)का लेजेन्ड फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगमा शनिबार ठूलो कीर्तिमान बनाएका छन् ।

उनले टोटनह्याम हटस्परविरुद्धको खेलमा ह्याट्रिक गरे र अर्को च्याम्पियन्स लिग प्रतियोगितामा खेल्ने आफ्नो टोलीको आशा जीवित राखेका छन् । रोनाल्डोले तीन गोल गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–२ ले हराएको थियो ।

रोनाल्डोले बनाए फुटबलमा सबैभन्दा ठूलो कीर्तिमानी : 

रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको क्लब र देशसहित कुल ८०६ गोल गरेका छन्। रोनाल्डोले जोसेफ बिकानलाई पछाडि छोडे। बिकनले क्लब र देशका लागि ८०५ गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो र जोसेफ बिकान

टोटनह्याम हटस्परविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै रोनाल्डोको करियरको ५९औं ह्याट्रिक पूरा भएको छ । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड लगायत धेरै क्लबबाट खेलेका रोनाल्डोको क्लब करियरको ४९औं ह्याट्रिक थियो भने उनले देशका लागि खेल्दा १० ह्याट्रिक गरेका छन् ।

टोटनह्यामविरुद्ध ह्याट्रिक गर्दा रोनाल्डो ३७ वर्ष ३५ दिनका थिए । उनी प्रिमियर लिगको इतिहासमा ह्याट्रिक गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी बनेका छन् ।

टेडी सेरिङहम पहिलो नम्बरमा छन्, जसले अगस्ट २००३ मा ३७ वर्ष १४६ दिनको उमेरमा ह्याट्रिक गोल गरेका थिए। योसँगै रोनाल्डो ३७ वर्षको उमेरमा प्रिमियर लिगको एक खेलमा एकभन्दा बढी गोल गर्ने तेस्रो खेलाडी पनि बने ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि १४ वर्षपछि दुई महिनापछि ह्याट्रिक गरे । यस क्लबका लागि उनको अन्तिम ह्याट्रिक जनवरी २००८ मा न्यूक्यासलविरुद्ध गरेका थिए ।

प्रिमियर लिगको इतिहासमा कुनै खेलाडीले गरेको दुई ह्याट्रिकबीचको यो सबैभन्दा लामो अन्तर हो। रोनाल्डोले सन् २००८ मा म्यान यू क्लब छाडेर गत वर्ष मात्रै पुनः सामेल भएका थिए ।

रोनाल्डोले टोटनह्यामविरुद्ध १२औं, ३८औँ र ८१औँ मिनेटमा गोल गरेका थिए । उनले १२औँ मिनेटमा गोल गर्दै अर्को उपलब्धि हासिल गरे ।

रोनाल्डोले आफ्नो व्यावसायिक करियरमा फुटबलको सबै १५–१५ मिनेटमा १०० भन्दा बढी गोल गरेका छन् । फुटबल ९० मिनेटको खेल हो । १५-१५ मिनेटको सेगमेन्टअनुसार जम्मा ६ वटा सेगमेन्ट बनाइएको छ र रोनाल्डोले यी सबै ६ सेगमेन्टमा १०० भन्दा बढी गोल गरेका छन्।

१ देखि ९० मिनेटको समयमा सबै मिनेटमा गोल : 

क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् ।

सबैभन्दा बढी फ्यान फलोइङ : 

रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा ४ सय १२ मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् ।

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

 

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताब्दीकै उत्कृष्ट खेलाडी ?

रोनाल्डो बारे केही रोचक तथ्य  : 

रक्सी, चुरोट : 

रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो ।

Ronaldo's sister posts touching message to late father - AS.com

आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको लतबाट टाढा छन् ।

 ट्याटु : 
अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको छ । झन् फुटबल स्टारहरुले ट्याटु हान्ने त ‘ट्रेन्ड’ जस्तै भइसकेको छ । रोनाल्डोले आफ्नो ज्यानमा ट्याटु खोपेका छैनन् ।

Why Cristiano Ronaldo refuses to get a tattoo | HELLO!

त्यसको पछाडि पनि एउटा कारण रहेको छ । रोनाल्डोले नियमित रक्तदान गर्नेगरेका छन् । सोही कारण उनले शरीरमा ट्याटु नखोपेका हुन् ।

रोनाल्डो नाम कसरी रहन गयो ?

फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन । रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

एनबीए खेलाडीभन्दा माथि उफ्रने : 

उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ सेमि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ सेमिको उचाइ छुन्छन् ।

Cristiano Ronaldo Highest Jump Record Header Height in CM, Meters, Inches & Feet

यो उचाइ औसत एनबिए खेलाडीको भन्दा धेरै हो । उनले प्रहार गर्ने फ्रिकिक ‘एपोलो ११’ अन्तरिक्ष यानभन्दा चार गुणा छिटो हुने गर्छ । यो जोक्स हैन, वैज्ञानिकले यसलाई पुष्टि गरिसकेका छन् ।

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा भएको हो ।  रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस अभेरो हो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?