काठमाडौं । डिसहोमले सुरुवात गरेको डिसहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ ।चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिसहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।
एक लाख ग्राहक पुगेको अवसरमा डिसहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिसमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिसहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने विचार राखे ।
आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दै डिसहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुसियाली मनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया