मेक्सिकोमा पहिलो पटक बामपन्थी राष्ट्रपति चुनिए

एजेन्सी : मेक्सिकोका पहिला जननिर्वाचित बामपन्थी राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडरले देशमा महत्वपूर्ण परिवर्तन हुन गइरहेको बताएका छन् ।

आइतबार सम्पन्न निर्वाचनको मत गणनाको परिणामबाट ओब्राडरले जित सुनिश्चित भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

मेक्सिकोमा सन् १९२९ देखि हरेक वर्ष ६ वर्षमा  राष्ट्रपति पदको चुनाव हुँदै आएको छ ।

तर अहिलेसम्म मेक्सिका दुई प्रमुख दल प्रमुख दल नेशनल एक्शन पार्टी (पीएएन) और इन्स्टिच्युशनल रिभल्सनरी पार्टीले नै देशमा शासन चलाउँदै आएका थिए ।

सन् १९२९देखि २०००सम्म इन्स्टिच्युसनल रिभल्सनरी पार्टीले सत्ता सम्हालेको थियो भने २००० देखि २०१२सम्म नेशनल एक्सन पार्टीले सत्ता चलायो ।

फेरि इन्स्टिच्युशनल रिभल्सनरी पार्टीले २०१२मा सत्तामा फर्केको थियो ।

बामपन्थी दलबाट ओब्राडर मेक्सिको इतिहासमा पहिला राष्ट्रपति हुन जसको सम्बन्ध यी दुई पुराना राजनीतिक दलसँगै छ्रन् ।

मेक्सिको सिटीका पूर्व मेयर र एम्लो नामबाट लोकप्रिया ६३ वर्षीय ओब्राडरलाई ५३ प्रतिशत मत प्राप्त भएको छ ।

उनले १ डिसेम्बरका दिन राष्ट्रपति पदको सपथ लिनेछन् ।

ओब्राडर अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पको खलेरै आलोचना गर्ने नेताका रूपमा रहेका छन् ।

तर ट्रम्पले ओब्राडरलाई विजयको बधाई र शुभकामना दिएका छन् । बामपन्थी दलले जिते पछि कतिपय विज्ञहरूले मेक्सिकोको हालत भेनेजुएला जस्तो हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

ओब्राडरले भ्रष्टाचारका कारण राजनीतिक शासनमा कमजोरी देखिएको बताएका छन् ।

उनले भने “भ्रष्टाचारको मामिलामा आफूले जसलाई आफ्ना भाई सम्झिरहेका छन् संलग्नता भए उनलाई पनि माफी दिइने छैन् ।

चुनावका बेला ट्रम्पको कडा आलोचना गर्ने ओब्राडरले जित हासिल गरेपछि अमेरिकासँग मित्रवत् सम्बन्ध विस्तार गर्न प्रयास गर्ने बताए ।

साथै उनले भने “ व्यापारको राष्ट्रियकरण हुँदैन र सरकारले करमा बृद्धि गर्दैन् ।”

उनले जेष्ठनागरिकलाई दिइन पेन्सन दुई गुना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?