विश्वकप २०१८मा रुसको ११ अर्ब अमेरिकी डलर खर्च

एजेन्सी : रुसले विश्वकप २०१८को आयोजनामा ११ अर्ब अमेरिकी डलर बराबरको खर्च गरेको छ ।

परामर्श दिने कम्पनी जेएलएलले जनाए अनुसार रुसले विश्वकप आयोजनामा ६खर्ब ८० अर्ब रुबल भन्दा बढी खर्च गरेको छ ।

आयोजक समितिको गृहकार्यको कागजात अनुसार सन् २०१८मा विश्वकपको अन्तम खर्च ६ खर्ब ८३ अर्ब रुबल खर्च भएको छ ।

सन् २०१३मा आयोजनाका लागि लाग्ने खर्चको अनुमान भन्दा यो खर्च १९ अर्ब रुबल बढी रहेको देखिएको छ ।

जेएलएलले जनाए अनुसार त्यसमध्येको अधिकांश खर्च ७१ प्रतिशत  ४खर्ब ७३ अर्ब ८०करोड रुबल राजकीय बजेटबाट गरियो ।

हरेक रंगशालामा २० अर्ब ३० करोड लगानी लगाइएको छ । विश्वकप २०१८का लागि १२ रंगशाला ११ शहरमा बनाइएको छ ।

९५ तालिम स्थलहरू निर्माण एवं मर्मत गरिएको कम्पनीले जनाएको छ ।

यातायात पूर्वाधार क्षेत्रको लागत २खर्ब २८ अर्ब रुबल रहेको छ ।

यस तयारी अन्तर्गत १२ रेलवे स्टेशनहरूलाई आधुनिकीकरण र पुनसंरचना गरियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?