एजेन्सी : अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनले टर्कीलाई एफ –३५ लडाकु विमान अमेरिकी कांग्रसमा अनुमोदन नगराइ दिने लागेको हो ।
पेन्टागन प्रवक्ता माइक एन्डरूसले जनाए अनुसार टेक्सासको फोर्टवर्थमा जुन २१का दिन विमान दिइनेछ ।
त्यसपछि लडाकु बमवर्षक विमानहरू अरिजोना वायु सैनिक शिविरतर्फ हिडनेछन् ।
त्यहाँ टर्कीका चालक र प्राविधिज्ञहरू तालिमका लागि आइपुगिसकेका छन् ।
टर्कीका प्रधानमन्त्री बिनालि यिरद्रिमले यदि अमेरिकाले एफ–३५को उपत्दान कार्यक्रमबाट टर्कीलाई बाहिर राख्ने योजना बनाए तब टर्कीले पनि अमेरिकाको विकल्प खोज्ने जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया