आलिया भट्ट : अडिसनबाट फिल्म क्षेत्रमा कदम, अहिले भइन करोडौँकी मालिक

लोकपथ
154
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले आज आफ्नो २९ औं जन्मदिन मनाइरहेकी छिन् । आलियाको जन्म १५ मार्च १९९३ मा भएको थियो । आलिया भट्टको नाम आजको समयमा बलिउडका शीर्ष अभिनेत्रीको सूचीमा परेको छ । उनले आफ्नो करियरमा अहिलेसम्म धेरै हिट फिल्म दिएकी छिन् जसका कारण उनले आफ्ना फ्यानहरुको मनमा राज गरिरहेकी छिन् ।

हालै आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’ पनि थिएटरमा रिलिज भएको थियो, जसले बक्स अफिसमा हंगामा मच्चाएको थियो । यी फिल्मबाट आलिया भट्टले करोडौं कमाएकी छिन् । आज आलिया भट्टको जन्मदिनमा, हामी तपाईलाई उनको करियरका साथै नेटवर्थको बारेमा बताउँछौं ।

आलिया भट्ट

दिएकी थिइन् अडिसन : 

आलिया भट्टले सन् २०१२ मा रिलिज भएको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस फिल्ममा आलियासँग वरुण धवन र सिद्धार्थ मल्होत्रा ​​देखिएका थिए । यो तीनै स्टारको डेब्यु फिल्म थियो । यो फिल्ममा आलियालाई निकै रुचाइएको थियो तर उनले नातावादको आरोप पनि झेल्नुपरेको थियो ।

धेरैले आलिया बिना कुनै संघर्ष सजिलै फिल्मी दुनियाँमा प्रवेश गरेको आरोप लगाएका थिए । तर कमैलाई थाहा छ कि आलियाले आफ्नो पहिलो भूमिकाका लागि निकै मेहनत गर्नुपरेको थियो । आलिया भट्टले आफ्नो पहिलो फिल्मका लागि ४०० जनामा ​​अडिसन दिएकी थिइन् र त्यसपछि मात्रै उनलाई फिल्ममा कास्ट गरिएको थियो ।

आलिया भट्ट

आलिया भट्टले कयौं पटक नातावादको आरोपको सामना गरिसकेकी छिन्, जसका कारण उनी प्रायः मानिसको निशानामा परेकी छिन् तर अभिनेत्रीले पनि आफू अभिनयमा निक्कै माहिर रहेको प्रमाणित गरिसकेकी छिन् । आलियाले धेरै हिट फिल्महरू गरिसकेकी छिन्, जसमा उनको गम्भीर र दमदार स्टाइल पनि देखिएको छ ।

बुबा ५०० रुपैयाँमा काम गर्ने :

आलिया भट्ट आज करोडौंको मालिक छिन् तर एक समय थियो जब उनी ५०० रुपैयाँमा बुबा महेश भट्टसँग जान्थिन् र हात खुट्टामा क्रिम पनि लगाउने काम गर्थिन् । महेश भट्टले आफ्नो एक अन्तर्वार्तामा यो कुरा बताएका थिए । उनले भनेका थिए कि आलिया सानो हुँदा ५ सय रुपैयाँमा मेरो हात खुट्टामा क्रिम लगाइदिन्थिन् । तर आज उसले आफ्नो मिहिनेत र लगनशीलताले यति पैसा कमाएको छ कि मैले जीवनको ५० वर्षमा कमाएको छैन ।

आलिया भट्ट

करोडौंको मालिक आलिया भट्ट :

आलिया भट्ट बलिउडकी सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्ये एक हुन् । २९ वर्षीया आलिया भट्टको कुल सम्पत्ति २१.७ मिलियन डलर अर्थात १५८ करोड भारतीय रुपैयाँ छ । उनी एक वर्षमा १० वर्षभन्दा बढी कमाउँछन्।

गंगुबाई काठियावाडी

आलियाले फिल्मका लागि कति पारिश्रमिक लिन्छिन् ?

आलिया भट्टले एक फिल्मका लागि करोडौं पारिश्रमिक लिन्छिन् । रिपोर्टका अनुसार उनी आफ्नो एउटा फिल्मको लागि ८ देखि १० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । आलियाले राजामौलीको फिल्म ‘आरआरआर’का लागि ९ करोड भारु लिएको दाबी गरिएको छ । योसँगै फिल्म ‘गंगुबाई काठियावाडी’बाट आलियाले सञ्जय लीला भन्सालीबाट २० करोड पारिश्रमिक लिएकी छिन् । यसबाहेक आलियाले विज्ञापन र ब्रान्डबाट पनि मनग्य आम्दानी गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?