फुटबलको बादशाह ब्राजिल स्वर्णिम अक्षरले इतिहास लेख्ने तयारीमा

काठमाडौं। भनिन्छ जित सबथोक होइन तर जितको आशा राख्नु चाँहि ठूलो हो । त्यो चाहे विश्वको चर्चित खेल फुटबल होस या क्रिकेट ।

क्रिकेट खेल जगतमा छिमेकी राष्ट्र भारतले तहल्का पिटाईराखेका बेला यता फुटबलमा भने ब्राजिलको चर्चा दिन प्रतिदिन चुलिँदै गएको छ । दुवै राष्ट्रले आ—आफ्नो खेलमा एकछत्र राज गर्दै आएका छन् ।

पाँच पटकको विश्वविजेता ब्राजिललाई प्रत्येक विश्वकप संस्करणको दावेदरको रुपमा हेरिँदै आइरहेको छ । श्रीपेचबिनाको सम्राटको उपनाम पाएका पेले साथै रोमारियो, रिभाल्डो, रोनाल्डो र रोनाडिन्होको टिम ब्राजिलमा यसपटक विश्वकै सबैभन्दा महँगा युवा स्ट्राइकर नेयमारले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

जारी विश्वकपको समूह चरणको ‘ई’ मा रहेको ब्राजिल पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै, दोस्रो खेलमा कोस्टारिकालाई २—० ले तथा अन्तिम खेलमा सर्वियालाई २—० ले पराजित गर्दै प्रि—क्वार्टरफाइनलसम्म पुगेको थियो ।

त्यस्तै, नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई २—० ले हराउँदै क्वार्टरफाइनमा स्थान तय गरिसकेको छ । यसपटकको विश्वकपको उपाधि ब्राजिलले जित्न सक्ने खेल विज्ञहरुको अनुमान रहेको छ । 

स्वर्णिम इतिहास 

विश्व फुटबलको बादशाहको रुपमा चिनिन्छ ब्राजिल । पेलेको देशलाई फुटबलको देश भन्दा पनि फरक नर्पला ।

फुटबलको महाकुम्भ मानिने विश्वकपमा ब्राजिल तीन संस्करणमा उपाधि वञ्चित छ । तीन संस्करणमा पाएको असफलताबाट पाठ सिक्दै ब्राजिल यस पटकको विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै सत प्रतिशत नतिजा निकाल्न लागि परिरहेको छ ।

 

तर चार वर्षअघि घरेलु मैदानमा नै भएको विश्वकप ब्राजिलको इतिहासमा बिर्सन लायक बन्यो । ब्राजिलले सन् २००२ मा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेयता अहिलेसम्म स्वर्णिम अक्षरले इतिहास लेख्न सकेको छैन ।

फुटबलको महाकुम्भ मानिने विश्वकपमा ब्राजिल तीन संस्करणमा उपाधि वञ्चित छ । तीन संस्करणमा पाएको असफलताबाट पाठ सिक्दै ब्राजिल यस पटकको विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै सत प्रतिशत नतिजा निकाल्न लागि परिरहेको छ ।

सन् १९२३ मा फिफाको सदस्य राष्ट्र बनेको ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि उचाल्दै इतिहास रचेको थियो । त्यतिबेला ब्राजिलले आयोजक राष्ट्र स्वीडेनलाई हराएर उपाधि जितेको थियो ।

ब्राजिलमा फुटबललाई खेल नभई संस्कृतिका रुपमा लिइन्छ । र, यो पछिल्लो तीन संस्करणको असफलतालाई ‘सम्वा नेशन’ का लागि कुनै पनि मानेमा सामान्य मान्न सकिँदैन। युरोपमा हुने विश्वकप प्रतियोगितामा ‘युरोपियन नेशन’ ले नै ‘डोमिनेट’ गर्दै आएका छन् तर ब्राजिल एक मात्र ‘नन युरोपियन’ देश हो ।

विश्वकप छनोटको आफ्नो समूहमा अग्रस्थानमा रहेर प्रतियोगितामा प्रवेश गरेको ब्राजिलको पक्षमा उसको सुनौलो इतिहास पनि छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरि पाँच पटक उपाधि जित्दै विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्रको रेकर्ड पनि कायम गरिसकेको छ ।

अहिलेसम्म खेलेको १०४ खेलमा ब्राजिलले ७० खेलमा जित दर्ता गरिसकेको छ । 

ब्राजिलको कालो दिन

सन् २०१४ जुलाई ९, यो मिति विश्व फुटबलमा ब्राजिलका लागि आफ्नो इतिहासकै कालो दिनका रुपमा रह्यो । त्यतिबेला जर्मनीविरुद्धको सेमिफाइनल खेलमा ब्राजिलले ७—१ गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । पाँचपटकको विश्वविजेता ब्राजिलले सन् २०१४ मा आफ्नै भूमिमा सम्पन्न भएको विश्वकपमा गुमेको साखलाई फर्काउने उद्देश्यसहित आफ्नो पुरानो प्रशिक्षक तथा खेलाडी डुंगालाई म्यानेजरको जिम्मा दिएको थियो ।

सन् २०१४ जुलाई ९, यो मिति विश्व फुटबलमा ब्राजिलका लागि आफ्नो इतिहासकै कालो दिनका रुपमा रह्यो ।

त्यतिबेला जर्मनीविरुद्धको सेमिफाइनल खेलमा ब्राजिलले ७—१ गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । पाँचपटकको विश्वविजेता ब्राजिलले सन् २०१४ मा आफ्नै भूमिमा सम्पन्न भएको विश्वकपमा गुमेको साखलाई फर्काउने उद्देश्यसहित आफ्नो पुरानो प्रशिक्षक तथा खेलाडी डुंगालाई म्यानेजरको जिम्मा दिएको थियो ।

तर लगातारको असफलता र २०१८ को विश्वकप संस्करणको छनोट चरणबाटै बाहिरिने खतरापछि ब्राजिलले डुंगाको स्थानमा टिटेलाई नयाँ प्रशिक्षकमा अनुबन्ध गरेको थियो ।

टिटे ब्राजिली व्यवसायिक फुटबलका निक्कै सफल म्यानेजर हुन् । र, उनको आगमनसँगै ब्राजिलको टिम निक्कै बलियो देखिएको छ । 

प्रशिक्षक टिटेको ब्राजिली टिमले निकै नै हाईप्रेसिङ्ग खेल खेल्दै आएको छ । मिड्फिल्डमा पनि युरोपेली शैलीको अनुशासनात्मक पासिङ गेम ब्राजिलले अपनाएको देखिन्छ ।

प्रतिभावान र अनुभवी खेलाडीहरुको समीश्रण रहेको ब्राजिली टिममा युवा खेलाडीहरुको बाहुल्यता छ भने रणनीतिक रुपमा टिटेको ब्राजिली टिम निक्कै नै शक्तिशाली छ । 

कप्तान थियागो सिल्भाले नेतृत्व गरिरहेको ब्राजिली टिम युवा स्टार डिफेन्डरहरुले भरिपूर्ण छ । युरोपेली क्लब पेरिस सेन्ट जर्मनबाट व्यवसायिक खेल खेलिरहेका कप्तान सिल्भालाई विश्वकै नम्बर एक डिफेन्डर मानिन्छ र उनको नेतृत्वको रक्षापंक्ति नै ब्राजिलको सबैभन्दा सबल पक्ष हो ।

डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, माक्र्युइनहोस, मिरान्डा र पेड्रो गेरोमेलले खेलका दौरान डिफेन्डिङ लाइनलाई सकभर बलियो बनाइरहेका छन् ।

तीन संस्करणमा पाएको असफलताबाट पाठ सिक्दै अगाडी बढेको ब्राजिलले आगामी खेलमा कस्तो प्रर्दशन गर्नेछ त्यो भने हेर्न बाँकी नै छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?